प्रमुख समाचार

भट्ट र रावलद्वारा एमाले सुदूरपश्‍चिम प्रदेश संयोजक दाबी

दीपक उपाध्याय |
भदौ २९, २०७८ मंगलबार १९:४ बजे

कैलाली - नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् । मंगलबार सुदूरपश्चिम पुगेका दुई नेताबीच इन्चार्जकै विषयमा टकराव देखिएको हो । दुवै नेताले आफू नै पार्टीको सुदूरपश्चिम प्रदेश ईन्चार्ज/संयोजक भएको दाबी गरेका छन् । 

नेता भट्टले कञ्चनपुर पुगेर पार्टीको इन्चार्ज आफू भएको बताएका छन्, भने यता कैलालीमा रावलले सुदूरपश्चिमको संयोजक आफू नै भएको दाबी गरे ।


कैलालीमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता रावलले पार्टी १० बुँदे सहमतिअनुसार अगाडि बढिसकेकाले आफू सुदूरपश्चिमको संयोजक भएको बताए । एमालेमा २०७५ जेठ २ अघिको अवस्थामा प्रदेशमा इन्चार्ज नभएर संयोजकको संरचना थियो । सोही संरचनाअनुसार रावलले आफू प्रदेशको संयोजक भएको बताएका हुन् ।

उता प्रेस चौतारीले कञ्चनपुरको महेन्द्रनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले एकीकरणसहितको नेकपा एमालेको इन्चार्ज आफू भएको दाबी गरे । उनले भीम रावल सहजीकरण कार्यदलको संयोजकको भूमिकामा रहेको र आफूहरूबीच कुनै मतभेद नभएको समेत बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x