प्रमुख समाचार

ओली बुटवल आउँदै, कार्यकर्ता भेलालाई को-कसले गर्दैछन् सम्‍बोधन ?

इकागज |
भदौ ३०, २०७८ बुधवार ८:४ बजे

फाइल तस्बिर

बुटवल- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउँदै छन्। रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न बुटवल आउन लागेका हुन् ।

केहि दिन यता देश दौडाहामा निस्केका ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । बुटवल देवीनगर मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।


भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्‍नेतलगायतले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा जिल्लाका करिव १५ हजार अगुवा कार्यकर्ता तथा पार्टी सदस्यहरु सहभागी हुने एमालेले जनाएको छ । एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले बताए ।


Author

थप समाचार
x