प्रमुख समाचार

एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि

पूर्वपश्चिम राजमार्गको कञ्चनपुर खण्ड अवरुद्ध

इकागज |
भदौ ३०, २०७८ बुधवार १०:३५ बजे

कैलाली - एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर खण्ड अवरुद्ध पारेका छन । अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले बुधबार बिहान कृष्णपुर नगरपालिका ५ ठक्कर दिँदा साइकल यात्री सोही ठाउका ४५ बर्षीय कृष्ण बहादुर ऎरको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन ।


एम्बुलेन्स र चालकलाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रबक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।


Author

थप समाचार
x