प्रमुख समाचार

लोसपाले ३ असोजमा ‘ब्ल्याक आउट’ गर्ने

इकागज |
भदौ ३०, २०७८ बुधवार २२:१ बजे

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले ३ असोजलाई कालो दिनका रूपमा मनाउने भएको छ । नेपालको संविधान जारी भएको सो दिनमा विरोध कार्यक्रमको आयोजना गर्न लोसपाले सबै जिल्ला कमिटीहरूलाई बुधबार परिपत्र गरेको छ ।

संविधानमा आफूहरूका माग नसमेटिएकाले विरोध गर्नु परेको लोसपाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ संक्रमणको अवस्थालाई मध्यनजर गर्दै आफ्नो ठाउँबाट अनुकूल हुने गरी विरोधका कार्यक्रम आयोजना गर्न लोसपाले जिल्ला कमिटीहरूलाई आग्रह गरेको छ । ‘आफूलाई अनुकूल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तक्र्रिया, विचार गोष्ठी, ब्ल्याक आउटजस्ता कार्यक्रम आयोजना गरी ३ असोजमा विरोधका कार्यक्रमहरू गर्न सबै जिल्लाहरूलाई आग्रह गर्दर्छौं,’ अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


 


Author

थप समाचार
x