प्रमुख समाचार

केन्द्रीय सदस्यहरूले जागिर छोड्नुपर्ने जनमत पार्टीको निर्णय

इकागज |
भदौ ३१, २०७८ २०:५९ बजे

जनकपुरधाम – डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्यहरूले खाई पाई आएको जागिरबाट राजीनामा दिनुपर्ने भएको छ । प्रदेश २ को जनकपुरमा दुई दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकले २१ असोजभित्र केन्द्रीय सदस्यहरूले जागिरबाट राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

तोकिएको समयसीमासम्म कारणवश जागिर छोड्न नसक्ने सदस्यहरूले आगामी निर्वाचनअघि जागिरबाट अनिवार्य राजीनामा दिएर पार्टीले तोकेको काममा खट्नुपर्ने बैठकको निर्णय छ । बैठकले बहालबाला कोषाध्यक्षलाई अन्य जिम्मेवारीमा मनोनित गर्न स्थायी कमिटीलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।


यही वर्ष चैतमा स्थानीय तहको निर्वाचन हुने सम्भावना भएकाले जिल्ला कार्यकारिणी कमिटीहरूको पदावधि ६ महिना थप गरिने बैठकको निर्णय छ । केही साताअघि जनकपुरमा केन्द्रीय सचिवालय कार्यालय स्थापना गरेको यो पार्टीले निर्वाचनलक्षित गतिविधि सक्रिय बनाउँदै लगेको छ ।



Author

थप समाचार