प्रमुख समाचार

राष्ट्रिय सहमतिमा एमसीसी पास गराउन बाबुरामको दौडधुप

एकैदिन भेटे गठबन्धनका तीन शीर्ष नेतालाई

इकागज |
भदौ ३१, २०७८ बिहीबार २१:४४ बजे

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिमा अमेरिकन सहयोग नियोक (एमसीसी) पास गराउन दौडधुप बढाएका छन् । उनले बिहीबारमात्रै सत्ता गठबन्धनका तीन शीर्ष नेतालाई भेटेका छन् । 

डा. भट्टराईले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव दिएका हुन् । उनले सबै नेताहरूलाई छुट्टाछुट्टै भेटेका हुन् । 


नेताहरूसँगको भेटमा भट्टराईले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई पूर्णता दिन र राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका उनको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर बजेट पारित गर्ने वातावरण मिलाउनु पर्ने तर्क उनको छ । उनले अहिलेको सत्तारुढ गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने पनि बताएका छन् ।


Author

थप समाचार
x