प्रमुख समाचार

कांग्रेस महाधिवेशन

भोलिसम्म क्रियाशील सदस्यता टुंग्याउने सहमति

इकागज |
असोज १, २०७८ शुक्रवार १९:२५ बजे

काठमाडौँ - कांग्रेस नेताहरूबीच शनिबारसम्म क्रियाशील सदस्यताको टुंगो लगाउने सहमति शीर्ष नेताहरूबीच बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शीर्ष नेताहरूको छलफलमा टुंगिन बाँकी क्रियाशील सदस्यताको टुंगो शनिबारसम्म लगाउने सहमति भएको हो । 
 
छलफलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्का, मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । 

बैठकमा क्रियाशील सदस्यताको टुंगो लाग्‍न बाँकी रहेका १३ जिल्ला भोलिसम्म टुंग्याउनेबारे छलफल भएर सहमतिमा टुंग्याउने सहमित बनेको हो । 


‘कार्यदलले पहिले जुटाएको सहमति बमोजिम हालसम्मको कार्यान्वयनको अवस्थाबारे बिफ्रिङ भयो । त्यसपछि अब त्यसको कसरी समाधान खोज्‍ने ? भन्ने विषयमा छलफल हुँदा भोलि दिउँसोसम्म सदस्यताको टुंगो लगाउने सहमति भएको छ,’ छलफलमा सहभागी एक नेताले भने । 

सदस्यता टुंगिन बाँकी १३ जिल्लामा पाँच असोजमा वडा तहको अधिवेशन गर्ने मिति कांग्रेसको निर्वाचन समितिले तोकेको छ ।


Author

थप समाचार
x