प्रमुख समाचार

केपी ओली पदका लागि झूठ बोल्न सिपालु : पुष्पकमल दाहाल

इकागज |
असोज ४, २०७८ सोमबार १५:३ बजे

काठमाडाैँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पदका लागि झूठ बोल्न सिपालु भएकै कारण केपी ओली सरकारबाट हट्न बाध्य भएको बताएका छन् । .

सोमबार माओवादी कार्यालयमा आयोजित सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा दाहालले पदका लागि नै पार्टीलाई धोका दिएकाे हुनाले नै ओली बालुवाटारबाट बालकोट जानुपरेको बताएका हुन् ।


बालुवाटारबाट बालकोट जाँदा पैसा खर्च गरेर पञ्चेबाजा बजाइएको आरोप लगाउँदै उनले ओली नाटक गर्न निकै सिपालु रहेकाे तर्क गरे । उनले पार्टीभित्रको झगडाले ओलीले निर्ममतापूर्वक प्रतिनिधि सभाको विघटन गरेको र ओलीसँग संगत गर्दा जलन भएको बताए । 

उनले एमाले जस्तो–जस्तो, झुट, बेइमानी, जालझेल, भ्रष्टाचार माओवादीमा प्रवेश गर्न नदिइने प्रतिबद्धता जनाए । गठबन्धनलाई टुटाउने षडयन्त्र भएकाले सबै षडयन्त्रलाई असफल बनाउने दाबी पनि दाहालकाे छ । 


Author

थप समाचार
x