प्रमुख समाचार

राजनीतिक नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

इकागज |
असोज ५, २०७८ मंगलबार १९:४९ बजे

फाइल तस्बिर

काठमाडौँ - सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजनीतिक नियुक्तिबाट भएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा स‌सदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक घण्टा बसेको बैठकले कर्णाली कोरिडोर अन्तरगत सल्ली सल्ल-सिमिकोट सडक खण्डको दुल्लिकुनादेखि लालिबगरको ७ किमि लैफबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किमि सडक खण्डको ट्र्याक खोल्न नेपाली सेनालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए । 

त्यस्तै बैठकले कोभिड -१९ व्यवस्थापन आदेश २०७८ स्वीकृति गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय बैठकले गरेको छ ।


कोभिड -१९ संकट व्यवस्थापनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघिय संसदमा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय सदनमा पेश गर्न स्वीकृती दिने निर्णय पनि बैठकले गरेको छ । 


Author

थप समाचार
x