प्रमुख समाचार

यी हुन् नेपालका पाँच डिजिटल भुक्तानी सेवा प्रदान गर्ने एप

इकागज |
असोज ८, २०७८ शुक्रबार ६:५० बजे

काठमाडौँ- डिजिटल भुक्तानी सेवा नेपालमा भर्खरै फस्टाउदै छ । लाइसेन्स लिने २८ डिजिटल भुक्तानी भए पनि बजारमा चर्चा भने केहीको मात्रै हुने गरेको छ । पछिल्लो समय नेपाल टेलिकमले भव्य कार्यक्रम गरेर 'नमस्ते-पे' को मोबाइल एप सार्वजनिक गर्‍यो । सार्वजनिक भएको हप्ता दिनसम्म पनि यसको एप्लिकेसन प्ले स्टोरमा हत्तपत्त भेटिँदैन । 'नमस्ते पे' भेटिएता पनि कतिपय प्रयोगकर्ताको मोबाइलमा एप राम्रोसँग चल्न सकेको छैन् । 

नेपालमा डिजिटल कारोबार सुरुवात गर्ने पहिलो कम्पनी हेर्दा इसेवा रहेको देखिन्छ । इसेवा सन् २००९ मा स्थापना भएको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवा सुरुवात गरेको डिजिटल भुक्तानी प्रणालीलाई पछ्याउने कम्पनीहरू संख्या हाल २८ पुगिसकेको छ । आउँदो दिनमा यो संख्या तलमाथि होला  । आज यहाँ तपाईंलाईं नेपालमा पाँच डिजिटल भुक्तानी प्रदायकबारे जानकारी दिइन्छ । 


इसेवा 
'इसेवा' नेपालको पहिलो तथा एक प्रमुख डिजिटल भुक्तानी सेवा प्रदान गर्ने प्रदायक हो । नेपालमा सर्वप्रथम डिजिटल भुक्तानी सेवा सञ्‍चालनको सुरुवात गर्ने श्रेय 'इसेवा'लाई जान्छ । 'इसेवा'ले बैंक ट्रान्सफरदेखि विभिन्‍न स्कुल तथा कलेज शुल्क तिर्न सहज भूमिका खेल्ने काम गर्छ । यसमा 'रिवार्ड' पोइन्टबाट उपहारहरू समेत जित्न सकिन्छ । यसले रेमिट सेवादेखि कन्सुलर सेवासम्मको भुक्तानी गर्न मिल्न सेवा दिएको छ । फिल्म तथा इभेन्टको टिकटसमेत इसेवामार्फत खरिद गर्न सकिन्छ ।

खल्ती
नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक अर्को नाम हो 'खल्ती' । खल्तीले नेपालको जनकी सफ्टवेयरले सन् २०१७ मा सुरुवात गरेको खल्ती छोटो समयमा नै नेपाली डिजिटल भुक्तानीको क्षेत्रमा नाम कमाउन सफल कम्पनी हो । यसले पनि नेपालका सरकारी तथा निजी क्षेत्रमा डिजिटल भुक्तानी गर्ने गर्छ । यसमा दैनिक रुपमा हुने 'क्वीज'ले पनि प्रयोगकर्ताहरूको मन जित्न सफल भएको छ । आफ्नो एपमा प्रयोगकर्ताहरू बाँधी राख्न अनेक उपहार योजना ल्याउने गरेको छ । खल्ती पोइन्टसले समेत प्रयोगकर्ताहरूलाई खल्तीप्रति चासो देखाउन मद्दत गरेको देखिन्छ । खल्तीले समय समयमा नेपालमा हुने इभेन्टको टिकट बिक्री गर्ने गर्छ । 

आइएमई पे 
'आइएमई पे' नेपालमा सन् २०१७ मा आइएमई रेमिट ग्रुपद्वारा सन्चालित डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । आइमई पे रेमिट्यान्स पठाउन तथा पाउन अत्यन्त उपयोगी डिजिटल भुक्तानी सेवा प्रदायक हो । नेपाल तथा बिदेशी मुलुकबाट पठाएको पैसा आइएमई पे को डिजिटल वालेटमा आउने हुँदा यस प्रदायकप्रति मानिसहरूको चासो बढेको देखिन्छ । यसमा एजेन्ट र साधारण प्रयोगकर्ता भनेर दुई एप रहेको छ । यसको एजेन्ट बनेर अरुलाई भुक्तानी गर्न सकिन्छ । एजेन्टलाई निश्चित क्यासब्याकको सुविधा समेत रहेको छ । नेपाली टेलिभिजनमा हुने रियालिटी सो मा यसले भोटिङको व्यवस्था गर्छ । 

प्रभु पे 
प्रभु ग्रुपद्वारा सन्चालित 'प्रभु पे' सन् २०१८ देखि सञ्‍चालनमा आएको डिजिटल भुक्तानी सेवा प्रदायक हो । 'प्रभु पे' मा अरु भुक्तानी सेवा प्रदायक जस्तै खानेपानीको विल, नेपाल विद्धुत प्राधिकरणको विल तथा लगायतका विल तिर्न सकिने व्यवस्था रहेको छ । बैंक तथा फाइनान्समा समेत 'प्रभु पे' मार्फत रकम पठाउन सकिन्छ । 'प्रभु पे' ले समेत बेला बेला विभिन्‍न योजना ल्याएर प्रयोगकर्ताहरू आकर्षित गर्ने गरेको छ ।  

क्यु पे 
सन् २०१८ मा सञ्‍चालनमा आएको 'क्यु पे' ले आक्रमक बजार व्यवस्थापन गरेर छोटो समयमै नेपालको डिजिटल भुक्तानी सेवा प्रदायकका रुपमा चिनिएको कम्पनी हो । 'क्यु पे' मार्फत नेपालका विभिन्‍न क्षेत्रका भुक्तानी गर्न सकिने छ । होटेल, रेष्ट्रुरेन्ट, कलेज तथा अन्य क्षेत्रका विल सजिलै यस एपमार्फत तिर्न सकिन्छ । 'क्यु पे' को प्रयोगकर्ता तथा व्यावसायीको लागि छुट्टा छुट्टै एपहरू रहेका छन् । 


Author

थप समाचार
x