प्रमुख समाचार

जसपा गुट-उपगुटहरूको झुण्ड : ठाकुर

इकागज |
असोज ९, २०७८ शनिबार १७:२८ बजे

फाइल तस्बिर

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा)विभिन्‍न गुटउपगुटको पार्टी रहेको आरोप लगाएका छन् । शनिबार जनकपुरधाममा अध्यक्ष ठाकुरले लोसपामा गुट-उपगुट रहेको आरोप निराधार रहेको बताए ।

जसपामा गुट-उपगुट रहेको बताउँदै उनले त्यो पार्टीलाई गुटहरूको झुण्डसमेत भन्न भ्याए । उनले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफनो घरमा नियाल्न सुझाव दिए । 


अध्यक्ष ठाकुरले एमसीसीलाई अहिले हौवा बनाएको बताए । एमसीसीलाई संसद्‍मा आएपछि मात्र पार्टीले आधिकारीक धारणा बनाउने बताए । यद्यपि उनले आफूहरू एमसीसीको विरोधमा नरहेको बताए । उनले सरकारमा सहभागी हुने विषयमा कुनै छलफल नभएको बताए । 

आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुगेका हुन् । ठाकुरको प्रमुख आतिथ्यमा हुने बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये मात्र १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।


Author

थप समाचार
x