प्रमुख समाचार

कतारकी आस्मा अल थानी अक्सिजनविना मनास्लुको चुचुरोमा

इकागज |
असोज २०, २०७८ बुधबार १६:२४ बजे

काठमाडौँ- कतारकी शेखा आस्मा अल थानीले अरब विश्वका लागि नयाँ कीर्तिमान राखेकी छन् । उनले अक्सिजनको सहाराविनै ८ हजार १ सय ३६ मिटर अग्लो हिमाल मनास्लु आरोहण गरेकी हुन् । यस्तो सफलता पाउने उनी पहिलो अरबी महिला हुन् । यसअघि अरब समुदायबाट कोही महिलाले पनि ८ हजार मिटर भन्दा अग्लो हिमाल विना अक्सिजन आरोहण गर्न सकेका थिएनन् । 

‘मनास्लु हिमालको शिखरमा पहिलो पटक कतारी झण्डा पुगेको छ । मलाई मेरो सपनाको तागत थाहा थियो । मैले कहिल्यै पनि सपनालाई सानो घेरमा सीमित राखेको थिइँन । मलाई आरोहणमा सहयोग गर्ने क्लेयर मर्फी, पिएर डानियल र निर्मल पुर्जालाई धन्यवाद भन्न चाहन्छु,’ आस्माले आफ्नो इन्स्टाग्राममा लेखेकी छन् । 


आस्माको सफलामता कतारी ओलम्पिक कमिटी पनि रमाएको छ । ‘समस्त कतारबासीलाई बधाइ छ । हाम्रो झण्डा ८,१६३ मिटर अग्लो चुचुरोमा पुगेको छ,’ कमिटीले ट्वीट गर्दै भनेको छ । 

विश्वको आठौँ अग्लो हिमाल मनास्लुको सफल आरोहणपछि आस्माको नजर सगरमाथातर्फ छ । उनी विश्वकै अग्लो हिमाल आरोहण गर्ने पहिलो कतारी महिला बन्ने ध्येयमा छिन् । उनले सन् २०१८ र सन् २०१९ मा नर्थ पोल र एकोनकागुवाको सफल आरोहण गरिसकेकी छन् । 


Author

थप समाचार
x