प्रमुख समाचार

अमेरिकी राजदूत बेरीले खसीको मासु पकाउँदै भने,- ‘दसैँ असाध्यै मनपर्छ’

इकागज |
असोज २७, २०७८ बुधबार २०:१८ बजे

काठमाडौँ - ‘नेपालीहरुको महान चाड दसैँ मलाई असाध्यै मन पर्छ,’ नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दसैँको शुभकामना दिँदै भनेका छन् । उनले थप जोड दिएका छन - 'आज महाअस्टमी यस दिन घरमा नै खसिकाटेर तयसको मासु खानुको मज्जा नै अर्को ।'

उनले नेपालमा छैटो दसैँ मनाउँदै गर्दा भनेका शब्द निकै मार्मिक र नेपाली संस्कृतीप्रति विदेशी लोभ र माया देखिन्छ । ‘हामी कोभिड-१९ कै त्रासमा अझै छौ र बाहिर हिड्न सक्दैनौ । त्यसैकारण म आफैँ भान्सामा आएको छु र मासुको परिकार बनाउन थालेको छु,’ राजदूत बेरीले आफ्नो ट्वीटर सन्देशमा भनेका छन् ।


उनले खसीको मासु आफै पकाएर चाखेको अनि ठिक भएको भन्दै आफ्नो पहिलो प्रयास राम्राे रहेको बताएका छन् । उनले खसीको मासुको परिकार बनाउँदै नेपालीहरुको महान चाडको शुभकामना दिँदै भने, 'यहाँहरु पनि रमाईलोसँग आफ्नो दशै मनाउनुहोस । सबैलाई शुभकामना छ ।'

यसैगरी उनले फूलपातीको दिन आफ्नै निवासमा दूतावासका अन्य नेपाली साथीहरु बोलाएर चंगा उडाउने र दसैमा रम्ने काम गरेका थिए । उनले त्यसअघि नै नवरात्र लागेपछि नै जमरासहितको तस्विर राखेर नेपाली ढाका टोपी लगाउँदै दसैँ शुभकामना दिएका थिए । यसैगरी चिनियाँ राजदूत होउ यान्छीले पनि दशैको शुभकामना दिएकी छन् । त्यस्तै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पनि शुभकामना दिएका छन् । 


 


Author

थप समाचार
x