प्रमुख समाचार

एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १५:३४ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेको स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने भएको छ । पहिलो दिन १०औं महाधिवेशन चितवनमा तोकेको स्थायी कमिटी बैठकले दोस्रो दिन १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्या समाधानको प्रयास गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  

'१० बुँदे कार्यान्वयनको सिलसिलामा सहजीकरण गर्न बनेको कार्यदलले बैठकमा सुझावहरू प्रस्तुत गर्छ । छलफल हुन्छ । स्थायी कमिटीबाट थप निर्णय हुन्छ,' उनले भने ।


दोस्रो दिनको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा चलिरहेको छ । बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ । उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेको छ । कार्यदलको बैठक बिहीबार बसेको थियो । रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । तर प्रवक्ता ज्ञवाली भने ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको र बाँकी पनि कार्यान्वयन हुने चरणमा रहेको बताउँछन् ।


Author

थप समाचार
x