प्रमुख समाचार

स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि मत गणना, पहिले पराजित भएका राय विजयी

इकागज |
कात्तिक ७, २०७८ आइतबार १७:५५ बजे

जनकपुरधाम - चार वर्षअघि पराजित भएका महोत्तरीका उम्मेद्वार पुनः मतगणनाबाट विजयी भएका छन । सर्वाेच्च अदालतकाे आदेशपछि आइतबार भएकाे पुनः मतगणनाबाट जिल्लाको मनरा सिस्वा नगरपालिका–१० मा वडाध्यक्ष स्वतन्त्र उम्मेद्वार रमेशकुमार राय विजयी भएका छन् ।

उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि मतगणना हुँदा स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार रायको पक्षमा २६८ मत आएको छ भने निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका अरुणकुमार चौधरीको पक्षमा २६६ मत आएको निर्वाचन अधिकृत खगराज अधपकारीले जानकारी दिएका छन् । 


 उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले पुनः मतगणनाका लागि दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपछि सदर गरेपछि मतगणना भएको छ । 

२०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा  राजपाले टिकट नदिएपछि, रायले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । मतगणनामा राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरी दुवै २६७ / २६७ मत आएपछि गाेलाप्रथाबाट चाैधरी विजयी भएकाे थियाे ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मत मध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रायले उच्चअदालतमा मुद्दा दिएका थिए । उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो ।

तर साे आदेशले चित नबुझेपछि चौधरी सर्वोच्च गएपछि सर्वोच्चले पनि ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गर्‍यो । साे आदेशानुसार भएकाे पुनः मतगणनामा राय विजयी भएकाे । 


Author

थप समाचार
x