प्रमुख समाचार

ठमेलमा अवैध रुपमा बस्दै आएका दुई पाकिस्तानी नागरिक पक्राउ

इकागज |
कात्तिक ८, २०७८ सोमवार १३:३७ बजे

काठमाडौँ – अवैध रुपमा बस्दै आएका दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भिसा मिति समाप्त भएको, परिचय पत्र पनि नभएका ५० वर्षका सायद याकुब अलि शाह गिल्लानी र ४० वर्षका इसाक आब्बासलाई काठमाडौँ २६ ठमेल गल्कोपाखा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै पाकिस्तानी नागरिकलाई थप कारबाहीको लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ ।   त्यस्तै प्रहरीले आज नै सिनामंगल क्षेत्रबाट ११ जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



Author

थप समाचार
x