प्रमुख समाचार

मुख्यमन्त्रीका आकांक्षी शाही भन्छन्- बाहिर शंका गरिएजस्तो छैन, मुख्यमन्त्रीको राजीनामा आउँछ

लक्ष्मी भण्डारी |
कात्तिक १५, २०७८ सोमबार १६:३१ बजे

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्रीका आका‌ंक्षी जीवनबहादुर शाहीले मुख्यमन्त्रीको राजीनामा आउनेमा आफु ढुक्क रहेको प्रतिक्रिया दिएका छन् । आज बेलुका मन्त्रिपरिषद् बैठक बोलाएकोले राजीनामा आउनेमा ढुक्क रहेको बताएका छन् । 

काँग्रेस संसदीय दलका नेता समेत रहेका शाहीले राजीनामाको विषयमा धोका हुने भनेर बाहिर बजारमा शंका गरिएजस्तो नरहेको बताए । ‘सत्ता हस्तान्तरणको विषयमा धोका हुन्छ भनेर मिडियामा जति हल्ला र शंका उपशंका गरिएतापनि यथार्तमा त्यस्तो अवस्था छैन’ इकागजसँग कुरा गर्दै शाही भन्छन्, ‘राजीनामा आउँछ भन्नेमा म त ढुक्क छु ।’ 


त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का नेता एंव पूर्वमन्त्री अम्मरबहादुर थापाले पनि अबको कर्णाली सरकारको नेतृत्व काँग्रेसले लिनुपर्ने प्रतिक्रिया दिएका छन् । यसअघि भएको सहमतिअनुसार अघि बढ्नुपर्ने उनको भनाई छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उक्त बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ । राजीनामाको विषयमा छलफल हुने भएका कारण पनि आजको मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको छ । 


Author

थप समाचार
x