प्रमुख समाचार

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

लक्ष्मी भण्डारी |
कात्तिक १५, २०७८ सोमबार २०:६ बजे

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।

सत्तागठबन्धनका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन सोमबार मुख्यमन्त्री शाहीले आधा घण्टा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।


वैशाख २ गते कांग्रेस र हालसम्म सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा छ महिनापछि सरकार सञ्चालन गर्ने सहमति भएको थियो । सोही अनुसार कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गरेर कांग्रेसलाई कर्णालीको सत्ता सुम्पिएको हो । आइतबार सत्ता हस्तान्तरणका विषयमा माओवादी र कांग्रेसबीच छलफल भएको थियो।

माओवादीले सहमति कार्यान्वयन नगरे अर्को विकल्पमा जाने कांग्रेस कर्णाली प्रदेश संसदीय दलले योजनासमेत बनाएको थियो। तर माओवादीले सो सहमति कार्यान्वयन गरेको छ । सहमतिअनुसार सोमबार सरकार चार बजेसम्म मुख्यमन्त्री शाहीले राजीनामा दिइसक्नुपर्ने थियो । मुख्यमन्त्री शाहीको राजीनामा घोषणासँगै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पक्का भएको छ । सम्बोधनका क्रममा उनले प्रदेश सरकारको हालसम्मको उपलब्धी प्रस्तुत गरेका थिए । केन्द्र सरकारको नेतृत्व गरिरहेको कांग्रेसले गण्डकी र कर्णाली प्रदेश सरकारको पनि नेतृत्व पाएको हाे ।


Author

थप समाचार
x