प्रमुख समाचार

विजय गच्छदारको क्षेत्रमा विवाद : कांग्रेस अधिवेशन अनिश्चितकालका लागि स्थगित

इकागज |
मंसिर ९, २०७८ बिहीबार १५:४ बजे

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको क्षेत्रमा १४ औँ महाधिवेशन अन्तरर्गतको मतदान कार्यक्रम नै अनिश्चितकालका लागि स्थगित भएको छ । निर्वाचन समितिले सुनसरी क्षेत्र नम्बर ३ को मतदान कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो । 

‘नेपाली कांग्रेस प्रतिनिधिन सभा क्षेत्रीय अधिवेशन २०७८ को सुनसरी जिल्ला क्षेत्र नम्बर ३ को निर्वाचन कार्यक्रमअनुसार २०७८ मंसिर ९ गते बिहीबारका दिन बिहान ९ बजेदेखि दिनको १ बजेसम्म मतदान हुने कार्यक्रम भएकोमा मतदान कार्य सुरु गर्नुअघि मुचुल्का गर्न तथा अन्य कार्यको लागि उम्मेदवार वा प्रतिनिधिहरु केही अनुपस्थित रहनु भएको र मतदान कार्य सूचारु गर्न कठिनाइ भएकोले अर्काे सूचना प्रकाशित नभएसम्म मतदान कार्यलगायत यस क्षेत्रको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएको व्यहोरा जानकारीको लागि सूचित गरिन्छ’ मतदान अधिकृत देवनारायण यादवले जारी गरेको सूचनामा भनिएको छ ।'



Author

थप समाचार
x