एमाले महाधिवेशन : बन्दसत्र साँझ ७ बजे
फाइल तस्बिर
काठमाडौँ - नेकपा एमालेको १०औँ महाधिवेशनअन्तरर्गतको बन्दसत्र साँझ ७ बजेमात्रै सुरु हुने भएको छ । बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । सर्वसम्मतिबाट पदाधिकारी चयनको विषय पेचिलो बन्दा बन्दसत्र सुरु हुन नसकेको हो ।
सहमतिको खाका बनाउन भन्दै अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताले सौराहास्थित पार्क सफारी रिसोर्टमा छलफल गरेका थिए । उपाध्यक्ष भीम रावलले कुनै हालतमा पनि आफू अध्यक्षको उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि समस्या बढेको हो ।
त्यस्तै केपी ओलीनिकटकै नेताबीच पनि पदाधिकारीमा सहमति जुट्न सकेको छैन । तर, अहिले नेता विष्णु पौडेलले पदाधिकारीसहितका नेताको नामावली प्रिन्ट गरेर रुजुका लागि अध्यक्ष ओलीलाई पेस गरेका छन् । नामावली रुजु गरेपछि ओलीले केही नेतासँग छलफल गर्ने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया