प्रमुख समाचार

भीम रावलले भने  : धाँधलीको संकेत छ

इकागज |
मंसिर १२, २०७८ आइतबार १८:४ बजे

फाइल तस्बिर

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औँ महाधिवेशनअन्तरर्गत दोस्रो दिनको बन्दसत्र समयमै सुरु नगर्नु धाँधलीको संकेत भएको टिप्पणी गरेका छन् । आज बिहान ७ बजे सुरु हुने भनिएको बन्द सत्र साँझ ७ बजे गर्ने सूचना जारी भएपछि रावलले यस्तो टिप्पणी गरेका हुन् । 

एमालेमा पदाधिकारीमा आकांक्षी धेरै भएपछि विवाद उत्पन्न भएको छ । तर, केपी शर्मा ओलीले सर्वसम्मतिको भन्दै आफूनिकट नेताहरुसँग छलफल तीव्र पारेका छन् । ओलीले नेता रावललाई पनि ब्याक गराउन विभिन्न पदको अफर गरिरहेका छन् । तर, रावलले आफू अध्यक्ष पदको उम्मेदवारीबाट कुनै हालतमा ब्याक नहुने अडान लिएका छन् । 


‘दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको  राजनीतिमाथि आघात पुग्छ’ रावलले ट्वीटरमा भनेका छन् ।   


Author

थप समाचार
x