प्रमुख समाचार

अब रोबाेटले पनि बच्चा जन्माउने !

इकागज |
मंसिर १६, २०७८ बिहिवार १३:४८ बजे

काठमाडौँ- केही समयअघि सोफिया रोबाेट बोल्ने नेपाल लगायत धेरै ठाउँमा चर्चित बनेको थियो । वैज्ञानिकहरू रोबोटले आफूजस्तै अर्को रोबोट उत्पादन गर्नसक्ने तथ्य पत्ता लगाएका छन् ।

अमेरिकी भर्मान्ट विश्वविद्यालय, टफ्टस विश्वविद्यालय र हावार्ड विश्वविद्यालयको विस इन्स्टिच्युट फर बायोलजिकली इन्स्पायर्ड इन्जिनियरिङका वैज्ञानिकको समूहले बच्चा जन्माउनसक्ने रोबोट तयार गरेको सीएनएनलाई उद्धृत गर्दै हिन्दुस्थान टाइम्सले जनाएको छ । टोलीले अफ्रिकी भ्यागुताको भ्रुणको स्टेम सेल्स (कोषिका) मार्फत एउटा सूक्ष्म जीवित रोबोट बनाएको थियो । हाल यो रोबर्टको नाम ‘जेनोबोट’ राखिएको छ।


 

यो रोबर्टले निकै सानो रहेको छ जुन आफै चलेर काम गर्न सक्ने जनाएको छ । यो एक बर्षमा यस रोबाेटले नयाँ बच्चा बनाउनसक्ने समेत वैज्ञानिकहरूले दाबी गरेका छन् ।

यो सुक्ष्म रोबोटले एउटा कोषिका पत्ता लगाउन सक्छ र सो एउटा एउटा कोषिकाहरुलाई आफ्नो मुखमा जम्मा गरेर एउटा शरीर बनाउनसक्छ । केही दिनपछि यसको कोषिकाहरूबाट एउटा नयाँ जेनोबोट उत्पादन गर्नसक्ने वैज्ञानिकहरूले पत्ता लागेको आफ्नो रिपोर्टमार्फत् सार्वजनिक गरेका छन् ।

रोबोटहरुको अन्वेषणले आगामी दिनमा मानव सभ्यताको अस्तित्वमाथि चुनौती थपिने बहसहरू भइरहेका छन् । यद्यपि संलग्न टोलीको वैज्ञानिकहरूले भने यो जेनोबोट धेरै सानो हुने र प्रयोगशालामा मात्रै रहने बताएका छन् । यस रोबर्टको कोषिकाहरूलाई मानिसलै सजिलै नियन्त्रण गर्न सक्ने हुँदा यसले मानव जातिलाई कुनै हानि नपुर्‍याउने वैज्ञानिकहरूको दाबी छ । 


Author

थप समाचार
x