निधिलाई फकाउन बानेश्वर जाँदै देउवा
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत सभापति पदका लागि भएको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेसँगै सभापति शेरबहादुर देउवा नेता फकाउन व्यस्त छन् ।
दोस्रो चरणमा देउवा र डा.शेखर कोइरालाबीच सभापति पदका लागि प्रतिस्पर्धा हुँदै छ । हिजो भएको मतदान र आज राति भएको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि धेरै मत ल्याउने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुन लागेको हो ।
देउवाले निर्णायक भनिएका पूर्वमहामन्त्री तथा सभापतिमा हार बेहोरेका प्रकाशमान सिंहलाई फकाउन आफ्नो दूतको रुपमा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणलाई खटाएका छन् । खाण चाक्सीबारी पुगेर सिंहलाई भेटेर फर्किसकेका छन् । अर्का निर्णायक मानिएका उपसभापति निधिलाई फकाउन भने देउवा आफैँ भेट्न जाँदै छन् । देउवा केहीबेरमा निधिलाई भेट्न बानेश्वर जाँदैछन् । ‘सभापतिज्यू केही बेरमा यता (निधिलाई भेट्न) आउने कुरा छ’ निधिको सचिवालयले भन्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया