प्रमुख समाचार

चुनावसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउछौँ : महामन्त्री थापा

इकागज |
पुस १९, २०७८ सोमबार १५:५१ बजे

फाइल तस्बिर

अर्घाखाँची -  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गरेका छन् । कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै सुरु भएको बताए ।

‘आज मात्र पाँच सयजना कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ,’ नेता थापाले भने, ‘अब १४ लाख ९९ हजार पाँच सय जनालाई पार्टी प्रवेश गराउँनुछ । त्यो पनि ७–८ महिनामा ।’


नेता थापाले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा एक जना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके यो लक्ष्य सजिलै पूरा हुने बताए । कार्यक्रममा फर्कनासाथ यो अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।


Author

थप समाचार
x