प्रमुख समाचार

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

इकागज |
पुस २२, २०७८ बिहिवार १७:२३ बजे

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।  पुस २५ गतेदेखिको लागि तय भएको देउवाको भारत भ्रमण कोभिड संक्रमण बढेपछि स्थगित भएको हो ।  कोभिड संक्रमण बढेपछि गुजरात सरकारले बिहीबार ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित गर्ने निर्णय गरिसकेको छ । 

देउवा यही कार्यक्रमका लागि भारत जाने र गुजरातमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम थियो ।  ‘कोभिड बढेपछि कार्यक्रम नै स्थगित भएको जानकारी आयो,’ प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘कार्यक्रम नै स्थगित भएपछि उहाँ जाने कुरा भएन । उहाँको भ्रमण पनि रद्द भयो ।’ 
भारतमा बिहीबारमात्रै ९० हजार कोभिड संक्रमित थपिएका छन् ।  



Author

थप समाचार
x