प्रमुख समाचार

मेडिकल 'माफिया'विरुद्ध विद्यार्थी

धेरै शुल्क लिएपछि नोबेल मेडिकल कलेजविरुद्ध विद्यार्थीको आन्दोलन (फोटो फिचर)

बाबुराम भण्डारी |
पुस २३, २०७८ शुक्रबार १३:३६ बजे

विराटनगर - विराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरूले सडकमा चक्काजाम गरेका छन् ।  नोबेल प्रवेश गर्ने मुख्य चोक कन्चनबारी चोकमा उनीहरूले प्रदर्शन गरेका हुन् । चक्काजामका कारण कोशी राजमार्ग अन्तरगत कन्चनबारी चोकमा सवारी साधन रोकिएका छन् । उनीहरूले मेडिकल माफिया होसियार, विद्यार्थी लुट्न पाइँदैनलगायतका नारा लगाइरहेका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन नगरी नोबेलले अतिरिक्त शुल्क असुल गर्न थालेपछि शैक्षिकसत्र २०२०/२१ मा एमबीबीएस/बिडिएसमा अध्ययनका लागि अधिकांश विद्यार्थी भर्ना हुन पाएका छैनन् ।


 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x