प्रमुख समाचार

हुने भयो एनआरएनएको निर्वाचन, के–के भए सहमति ?

इकागज |
पुस २६, २०७८ सोमबार १४:४७ बजे

काठमाडौं–निकै लामो समयदेखि विवादका कारण हुन नसकेको गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन हुने भएको छ। प्रतिनिधि विवादले अल्झिएको अधिवेशन गर्न संघभित्र ७ बुँदे सहमति भएसँगै एनआरएनएको निर्वाचन हुने भएको हो । यो एनआरएनएको १० औं अधिवेशन हो ।सहमति पत्रमा अध्यक्षका प्रत्यासीहरुले हस्ताक्षर गरेका छन् । यो सँगै निर्वाचनको बाटो खुलेको हो।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान उपसमितिले सहमति गराएको थियो । यो अधिवेशनमा अध्यक्षमा डा.बद्री केसी, रविना थापा र प्रत्यासी कुल आचार्य प्रत्यासी रहेका छन् ।


सहमतिअनुरुप संघको निर्वाचन ८ र ९ फेब्रुअरी कार्यतालिका तय भएको छ ।संघका राष्ट्रिय समितिमा रहेका पूर्वपदाधिकारीहरू, पूर्वअध्यक्षहरू, आईसीसी सदस्यहरूको नाम महाधिवेशन प्रतिनिधिमा छुटेको भएमा विधानमा रहेर महाधिवेशन प्रतिनिधिको रुपमा समावेश गर्ने, महाधिवेशन प्रतिनिधिहरूको नाम सहमति भएर आएका देशको नामावली संघभित्र मतदाता नामावलीमा समावेश गर्ने, १५ अगष्टपछि कसैको नाम महाधिवेशन प्रतिनिधि समावेश भएको भए रद्द गर्ने, संघको निर्वाचन सम्पन्न गर्न अनुगमन तथा सुपरिवेक्षण गर्न पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गर्ने लगायतका विषयमा संघभित्र सहमति जुटेको हो ।


Author

थप समाचार
x