प्रमुख समाचार

म दुई तिहाइको सर्वसम्मत अध्यक्ष : नेपाल

इकागज |
पुस २१, २०७७ मगलवार १५:३८ बजे

फाइल तस्बिर

काठमाडौं : नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले आफू दुई तिहाइ केन्द्रीय सदस्यहरूबाट चुनिएको सर्वसम्मत भएको अध्यक्ष भएको बताएका छन् ।
 
जनता समाजवादी पार्टीले मंगलबार बानेश्‍वरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफू वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावलाई दुई तिहाइ केन्द्रीय सदस्यले अनुमोदन गरेर अध्यक्ष बनेको बताए । 

‘म वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा दुई तिहाइ केन्द्रीय सदस्यहरुले सर्वसम्मत चयन गरेको अध्यक्ष हुँ,’ नेपालले भने, ‘हामी नै आधिकारिक हौँ । दुई तिहाइ सदस्य भएको आधिकारिक हुन्छ कि, अल्पमतको, त्यो तपाईहरू आफै भन्‍नुस ।’


ओलीले नेतृत्व गरेको गुट नेकपा नभएको नेपालले बताए । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई माया लागे नेकपा (ओली गुट) भन्‍न आग्रह गरे । ओलीले पार्टीका नीति निर्देशन नमान्दै निरंकुश शैली अपनाएपछि अनुशासनको कारबाही गरिएको उनले बताए । 

‘ओलीलाई हामीले अनुशासनको कारबाही गरेका हौ । संविधान मिच्‍ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो । संस्थागत निर्णयका आधारमा अगाडि बढ्नुस् भनेर पटक-पटक भन्दा नमानेपछि कारबाहीको विकल्प रहेन,’ नेता नेपालले भने, ‘त्यसपछि अनुशासनको कारबाही गरेर पार्टीबाट बर्खास्त गर्‍यौ ।’ 

ओलीलाई कमयुनिष्ट पार्टी मन नपर्ने नेपालले बताए । ओलीको अधिनायकवादी प्रवृत्ति नसच्चिदासम्म प्रति संघर्ष जारी राख्‍ने नेपालले बताए । 

आफ्नो पदीय मर्यादा नबुझी प्रधानमन्त्री बोलिदिँदा त्यसको प्रभावका कारण आफूहरूको शीर झुक्ने गरेको नेपालले बताए । 

नेपालले प्रधानमन्त्रीलाई संविधानले प्रतिनिधि सभा विघटन गर्न सक्ने अधिकार नदिएको पनि बताएका छन् । प्रतिनिधि सभा पुनस्थापना नहुदासम्म आफूहरूको आन्दोलन जारी रहने उनको भनाइ थियो । 
 


Author

थप समाचार
x