प्रमुख समाचार

नेपालमा थप ४६३६ जनामा कोभिड संक्रमण

इकागज |
माघ १, २०७८ शनिबार १६:२४ बजे

काठमाडौँ – नेपालमा शनिबार ४ हजार ६ सय ३६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १० हजार ४ सय १२ पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ जना र ४ हजार १ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ९ सय ३३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै कोभिड संक्रमित चार जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार ६ सय १७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ३ सय ५० सक्रिय संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १६ हजार ३ संक्रमित निको भएका छन् । हाल नेपालमा २१ हजार ५ सय ८४ सक्रिय संक्रमित आइसोलेसन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।  



Author

थप समाचार
x