प्रमुख समाचार

देशवासीको नाममा सम्बोधन गर्दै प्रधामन्त्री देउवा

इकागज |
माघ २, २०७८ आइतबार १८:१७ बजे

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको ६ महिना पुरा भएको अवसरमा देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको छ । 

देउवाले छिटै अहिलेसम्म गरेका कामकारबाहीका विषय र आगामी कार्ययोजनासहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेको सरकारका एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार अर्काे हप्ता प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकाछन् ।     



Author

थप समाचार
x