प्रमुख समाचार

माओवादी अध्यक्ष दाहाल कोभिड संक्रमण मुक्त

इकागज |
माघ २, २०७८ आइतबार १९:२२ बजे

 काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोभिड संक्रमण मुक्त भएका छन् । आज आइतबार गरिएको पीसीआर परीक्षणमा दाहालको कोभिड रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।  

पुस २४ गते दाहाललाई कोभिड संक्रमण पुष्टि भएको थियो । कोभिड संक्रमण पुष्टि भएसँगै दाहाल भेटघाट बन्द गरेर होमआइसोलेसनमा बसेका थिए । पछिल्लो माओवादीकै अन्य शीर्ष नेता भने अझै कोभिड संक्रमित नै छन् । देशभर पनि कोभिड संक्रमणको दर बढिरहेको छ ।  



  

 


Author

थप समाचार
x