प्रमुख समाचार

व्यवसायी भन्छन् : जनस्वास्थ्यको मापदण्ड पालना गरी व्यवसाय गर्न पाउनुपर्‍यो

इकागज |
माघ ३, २०७८ सोमवार २०:१ बजे

काठमाडौँ-  कोभिड-१९ को ओमिक्रोन भेरियन्ट बढेसँगै पछिल्लो समय मुलुकमा संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमण बढेसँगै विभिन्न व्यवसायहरू प्रभावित भएका छन् । सरकारले कोभिड नियन्त्रण गर्न सिनेमा हल, , जिम क्लब, रोधी, दोहोरी नाच तथा अन्य मनोरञ्जनात्मक व्यवसाय माघ १५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा जनस्वास्थ्यको मापदण्ड पालना गरी पार्टी प्यालेसमा भने कुल क्षमताको एक तिहाई र बढीमा ५० जना अटाएर विभिन्न कार्यक्रम गर्न अनुमति दिएको छ ।


तर, महामारीमा लामोसमयसम्म बन्दको मार खेपेका मनोरञ्जन क्षेत्रका रात्रीकालीन व्यवसायीहरू बन्द गर्ने घोषणा सरकारको विभेदकारी नीति रहेको व्यवसायीले बताएका छन् ।   

कोभिडको पहिलो लहरमा व्यवसाय लामोसमयसम्म बन्द हुँदा थला परेको थियो । दोस्रो लहरको अन्त्यसँगै बिस्तारै उठ्न लागेको व्यवसाय सरकारको निर्णयले व्यवासय पुनः धराशायी बन्न जाने छ ।

संक्रमितको संख्या बढिरहदा निश्‍चित स्वास्थ्यको मापदण्ड अपनाएर, कुल क्षमताको आधा ग्राहक र सहभागी सबैलाई खोप लगाएका सबैलाई प्रवेश गराएर व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् ।

'रात्रीकालीन व्यवसायमा मात्र कोभिड सर्दैन होला'

जनस्वास्थ्यको मापदण्ड अपनाएर व्यवसाय गर्न पाउनुपर्ने ठमेल पर्यटन परीषद्का उपसमितिका समिति संयोजक दावाङ तामाङ बताउँछन् । पछिल्लो समय कोभिड-१९ संक्रमण बढ्न थालेपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बढी भीडभाड हुने क्षेत्र बन्द गर्न निर्देशन दिएको थियो ।

'होटल तथा रेष्‍टुरेण्टमा कुल क्षमताको ५० प्रतिशत ग्राहक राखेर व्यवसाय गर्न पाउनुपर्छ,' उनले भने,' जनस्वास्थ्यको मापदण्ड गरिन्छ । खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने व्यवस्था गरिन्छ ।'

दिनभर अन्य व्यापार व्यवसाय गर्न पाइने तर, जनस्वास्थ्यको मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न नपाउनु राज्यले अन्याय गरेको तामाङ्को भनाइ छ । रातको समयमा मात्र कोभिड सर्छ भनेर व्यवसाय गर्नू भनेको व्यवसायीको हितमा राज्य नभएको उनले आरोप लगाए ।

रातको समयमा एक प्रतिशत ग्राहकले मनोरञ्जन गर्न पाउने अधिकार हनन गर्न नहुने तामाङले बताए । उनले यसअघि लामोसमयसम्म बन्द गरेका व्यवसायीहरू आफ्नो क्षेत्रबाट पलायन हुनुपरेको सुनाए ।

अब पनि व्यवसाय बन्द गर्दा थला पर्ने गरी उठ्न नसकिने र धेरै व्यवसायीहरू पलायन हुन सक्‍ने उनको भनाइ छ । 'बाह्यय पर्यटकको उपस्थित नभए पनि स्थानीय पर्यटकले व्यापार धानिरहेको थियो,' उनले भने ।

'व्यवासय बन्द गरेर समाधान हुँदैन'

दरबारमार्ग पर्यटन विकास बोर्डका एक पदाधिकारीअनुसार व्यवसाय बन्द गर्नुको बदलामा अन्य विकल्प खोज्नुपर्छ । ती पदाधिकारीले भने,' राज्यलाई लाखौ राजश्‍व बुझाउने व्यवासय बन्द गरेर समाधान हुँदैन । कोभिड महामारीमा सुरक्षित तरिकाले व्यापार व्यवसाय गर्न पाउने वातावरण बन्नुपर्छ ।'

उनले पनि तामाङ्ले जस्तै जनस्वास्थ्यको मापदण्डको पालना गरी व्यवसाय गर्न पाउनुपर्ने माग राखे । मजदुर र व्यवसायीको रोजीरोटी खोस्न नहुने उनले बताए । घरबेटीलाई भाँडा र बैंकलाई किस्ता बुझाउनसमेत समस्या हुने उनले गुनासो गरे । नागरिक र व्यवसायी आफै सचेत भएर आफ्नो काम धन्दा काम गर्न पाउनुपर्ने उनको भनाइ छ ।

विगतमा गरिएको लकडाउनले केही संक्रमण रोक्‍न सहयोग नगरेको उनको भनाइ छ । 'सबैजनाले स्वास्थ्यको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ,' उनले भने ।

खोप लगाएर अघि बढौ

जनस्वास्थ्य वैज्ञानिक डा.समीरमणि दीक्षितले जनस्वास्थ्यको मापदण्ड र खोप लगाइ सामान्यतर्फ अघि बढ्न सुझाव दिए । संक्रमितको संख्या गणना गर्न नहुने उनको भनाइ छ ।

'अस्पतालमा भार थपिएको छ या छैन, यही हो अबको हाम्रो सरोकारको विषय । कडाइ गरेर मास्क र खोपसहित सामान्यतर्फ अघि बढ्नुपर्छ,' डा. दीक्षितले भने ।

बन्द भएमा किस्ता बुझाउन गाह्रो

महामारीको समयमा जनस्वास्थ्यको मापदण्ड अपनाएर प्रवेश दिने व्यवस्था गरिएको ठमेलस्थित एलओडीका क्लबका निर्देशक रविन श्रेष्‍ठले बताए ।

'कोभिडविरुद्धको खोप लगाएर आउन हुन सबैलाई अनुरोध गरिन्छ,' उनले भने,' अहिले पनि क्लब भित्र प्रवेश गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ ।' महामारी बढ्दा सबैमा जोखिम बढ्ने कुरालाई ध्यान दिएको उनको भनाइ छ । प्रशासनको निर्देशनलाई पनि मान्दै व्यवसायीलाई व्यवसाय गर्ने वातावरण मिलाइदिन उनले आग्रह गरे ।

त्यसैगरी अर्का निर्देशक भुपेन्द्र कुँवरका अुनसार कोभिड संक्रमणको संख्या बढिरहेको समयमा व्यवसाय सञ्चालन गर्न चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि व्यवासय सञ्चानल गर्न पाउनुपर्ने उनको माग छ ।

उनले भने,' पहिले जस्तो पुनः बन्द गर्नुपर्ने अवस्था आएमा व्यवसाय धान्‍न गाह्रो हुन्छ । जनस्वास्थ्यको मापदण्डलाई कार्यान्वय गरेर भए पनि व्यवसाय चलाउन पाउनुपर्छ ।' 

क्लबमा १ सय ५० जना भन्दा बढी कर्मचारी रहेकाले बन्द गर्नुपरेमा व्यवसाय गर्न गाह्रो हुने उनले बताए । बैंकबाट लिएको ऋण र घरबेटीलाई भाँडा तिर्न गाह्रो उनले बताए ।

यसअघि भएको करिब ९ महिनाको लकडाउनले थलिएको व्यवसायले अहिले विस्तारै उठ्दै गरेको उनले जानकारी दिए । 'पुनः बन्द गर्नुपर्ने अवस्था आएमा उठ्न गाह्रो हुन्छ,' उनले भने ।


Author

थप समाचार
x