प्रमुख समाचार

सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने

इकागज |
माघ ३, २०७८ सोमवार २०:३० बजे

काठमाडौँ -  सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भने सहभागी हुने छैनन् । 

कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । 


प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरुले माग्दै आएका कारण राणा भने बैठकमा नबस्ने जनाइएको छ । उनी बैठकमा नबसेपछि निर्णय कार्यान्वयनका लागि भने उनले हस्तारक्ष गर्ने छन् । 
 


Author

थप समाचार
x