प्रमुख समाचार

कोभिड संक्रमण बढेपछि काठमाडौँ उपत्यकाका यी क्षेत्रमा कडाइ

इकागज |
माघ ४, २०७८ १५:१७ बजे

काठमाडौँ – कोभिड संक्रमण दर बढ्दै गएपछि रोकथामका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लामा नयाँ प्रावधान ल्याइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आमसभा, जुलुसलगायतका गतिविधि माघ महिनाभर निषेध गर्ने निर्णय गरेको  छ । त्यस्तै सवारी साधनमा पनि स्वास्थ्य मापदण्ड पालना गर्न, रंगशालामा खेलकुद गतिविधि गर्नै परे एक तिहाइमात्रै दर्शक राख्न भनिएको छ। 




Author

थप समाचार
ad
x