प्रमुख समाचार

अवैध सुन ओसारपसारमा संलग्न दुई पक्राउ

इकागज |
माघ ४, २०७८ मंगलबार १९:२६ बजे

काठमाडौं - अवैध सुन ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं–पोखरा चल्ने सार्वजनिक यातायातबाट दुई जना यात्रुलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सुनका सिक्रीसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीकाअनुसार पक्राउ पर्नेमा बागलुङका २० वर्षीय अम्मर विश्वकर्मा र म्याग्दीका २९ वर्षीय अंकित सुनार रहेका छन् । काठमाडौंबाट बसमा पोखरा पुगेका अम्मरलाई प्रहरीले २० तोला ४३ लाल ८ प्वाइन्ट सुनका तीनवटा सिक्रीसहित नियन्त्रणमा लिएको हो।


त्यस्तै, माइक्रोबास चढेर काठमाडौंबाट पोखरा जाँदै गरेका अंकितको साथबाट २१ तोला ९० लाल ३ प्वाइन्ट बराबरको ५ वटा सिक्री र एउटा औँठी गरिएको हो । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग बुझाइएको छ ।


Author

थप समाचार
x