प्रमुख समाचार

सिटामोल लुकाउनेलाई १० हजार जरिवाना

इकागज |
माघ ५, २०७८ बुधवार १६:२२ बजे

काठमाडौं– सिटामोल लुकाउने फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। बजारमा अभाव भएको भन्दै सिटामोल लुकाउने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रले जरिवाना तिरेको हो।

केन्द्रलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको हो। केन्द्रमा विभागले छड्के कारवाही गरेको थियो । बिरामीलाई छैन भनिएकोसिटामोल केन्द्रको गोदाममा भने भेििटएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले बताए।


उनले औषधी जस्तो संवेदनशील वस्तुलाई अभाव देखाउन खोजेपछि जरिवाना गरिएको जानकारी दिए। पछिल्लो समय सिटामोल लुकाउन थालिएपछि बजार अनुगमनलाई तीव्र पारिएको पनि विभागले जनाएको छ ।


Author

थप समाचार
x