प्रमुख समाचार

३३ अंकले बढ्यो सेयर बजार, कारोबार रकममा कमी

इकागज |
माघ ६, २०७८ बिहीबार १५:३० बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम दिनको कारोबारमा परिसूचक ३३ अंकले बढेको छ । साताको पहिलो र दोस्रो दिन आइतबार र सोमबार बढेको सेयर बजार परिसूचक मंगलबार र बुधबार घटेको थियो । साताको अन्तिम दिनको कारोबारमा भने परिसूचक ३३.०४ अंकले बढेर बजार बन्द भएको छ ।

३३.०३ अंकले बढ्दा समग्र बजार परिसूचक २९३१.२६ अंकमा पुगेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.१४ प्रतिशत बढेको छ भने ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.७६ प्रतिशतले बढेर ५४३.७४ मा आएको छ ।


बिहीबार बजार बढे पनि कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा २२९ कम्पनीको ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रूपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार ७ सय ४४ कित्ता सेयर ७५ हजार ५ सय ८२ पटक खरिद बिक्री भएको छ ।

बजार बढ्दा आज कारोबार भएका कम्पनीहरूमध्ये  १ सय ६० कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने २५ कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । बढ्दो बजारमा मैलुङ खोला जलविद्युत, तेह्रथुम पावर कम्पनी, बुद्धभूमि हाइड्रो पावर कम्पनी, न्यादी हाइड्रो पावर, गुँरास लाइफ इन्सोरेन्स आज सर्वाधिक कमाउने पाँच कम्पनीमा परेका छन ।

बिहीबारको कारोबारमा समूहगत परिसूचकतर्फ बैंकिङ क्षेत्र ०.०५ प्रतिशत तथा म्युचल फण्ड ०.१४ प्रतिशतले घटेका छन् भने अन्य ११ समूह बढेका छन् । व्यापार समूह १.४५ प्रतिशत, होटेल तथा पर्यटन क्षेत्र ०.५८ प्रतिशत , विकास बैंक समूह ३.३७ प्रतिशत, जलविद्युत क्षेत्र २.२२ प्रतिशत, फाइनान्स ३.०२ प्रतिशत, माइक्रो फाइनान्स समूह १.०८ प्रतिशत, निर्जीवन बीमा समूह २.०६ प्रतिशत, जीवन बीमा समूह २.८६ प्रतिशत, म्यानिफ्याकचरिङ एण्ड प्रोडक्सन समूह ०.४२ प्रतिशत, लगानी समूह २.१२ प्रतिशत तथा अन्य समूह ०.५२ प्रतिशतले बढेको छ ।

आज गुमाउने पाँच कम्पनीमा आइसीएफसी फाइनान्स डिबेन्चर, बोटलर्स नेपाल तराई लिमिटेड, एनएमबि हाइब्रीड फण्ड, नयाँ सारथी लघुवित्त, सिटिजन म्युचल फण्ड रहेका छन् । आज मैलुङ खोला जलविद्युत र तेह्रथुम पावर कम्पनीको सेयरमा सर्किट बेकर लागेको छ ।


Author

थप समाचार
x