प्रमुख समाचार

सीके राउतको जनमत पार्टीले भन्यो : मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गरियोस्

इकागज |
माघ ६, २०७८ बिहिवार १९:३९ बजे

 जनकपुरधाम - भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिएको अभिव्यक्ति बारे डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नरसंहार गराई दिने जस्ता अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न माग गरेको छ ।

बिहीबार जनमत पार्टीका उपाध्यक्ष दिपककुमार साहले प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बरखास्त गर्न माग गरेका हुन् ।


विज्ञप्तिमा गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीले विशिष्ट सुरक्षा घेरामा राखेर सुरक्षा दिएको आरोप लगाइएको छ । त्यस्तै उनीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न जनमत माग राखेको छ । 


Author

थप समाचार
x