प्रमुख समाचार

सरकारको मुख्य प्राथमिकतामा कोभिड नियन्त्रण

इकागज |
माघ ७, २०७८ शुक्रबार १६:३७ बजे

काठमाडौं– सरकारको मुख्य प्राथमिकता कोभिड नियन्त्रण रहेकाे प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले सामाजिक क्रियाकलापमा पनि उल्लेख्य सुधार भएको छ र आर्थिक सुधारका पनि काम भइरहेको बताए । ६५ प्रतिशतलाई पूर्णमात्र खोप लगाइसकिएको उनकाे भनाइ छ। ७८ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइएको प्रधानमन्त्री देउवाले बताए ।


कोभिडविरुद्ध बुस्टर डोज सुरु भइसकेको छ । बालबालिकाको लागि खोप अभियान छिटै सुरु गरिन लागिएकाे उनले भनाइ राखे।  संक्रामक रोगविरुद्ध खोपमा वित्तिय सहयोग उपलब्ध गराइनेछ । 

कोभिड १९ को सामना गर्न सरकारी अस्पतालमा पूर्वाधार अक्सिजन, भेन्टिलेटर तथा क्षमतामा बढोत्तरी गरिएको जानकारी िदए ।  कोभिड १९ को नयाँ स्वरुपको ओमिक्रोन नियन्त्रणको लागि स्वास्थ्य पूर्वाधार तथा जनशक्ति  बढाइएको छ । नेपाल विकसित राष्टमा अघि बढेको छ । विकशिल राष्टमा पुग्ने हाम्रो अभियान हो । संविधानको कार्यान्वयन, आर्थिक समृद्धि, विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गरिएको छ ।   


Author

थप समाचार
x