माओवादीले केन्द्रीय कमिटीलाई माघ २७ गते पूर्णता दिने
फाइल तस्बिर
काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कमिटीलाई माघ महिनाभित्रै पूर्णता दिने भएको छ । महाधिवेशन सकिएको डेढ महिनापछि अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक परिपत्र सर्कुुलर गर्दै आगामी बैठकमा कमिटीलाई पूर्णता दिने तयारी थालिएको बताएका हुन् ।
माओवादीको केन्द्रीय कमिटी बैठक माघ २७ गते बस्दै छ । यसअघि तय भएको बैठक कोभिडका कारण रोकिएको थियो । पुस ११–१८मा सम्पन्न भएको महाधिवेशनले अध्यक्षमा दाहाललाई सर्वसम्मत चयन गरे पनि पदाधिकारी बनाउन सकेन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया