प्रमुख समाचार

नेपालमा थप २८ जनामा ओमिक्रोन

इकागज |
माघ ९, २०७८ आइतबार १६:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा थप २८ जनामा कोभिडको ओमिक्रोन भेरियन्ट पुष्‍टि भएको छ ।  राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ३२ जनाको जीन सिक्‍वेन्सिङ परीक्षण गर्दा उक्त संख्यामा ओमिक्रोन पुष्‍टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि पनि २७ जनालाई ओमिक्रोन पुष्‍टि भइसकेको छ । ओमिक्रोन तीव्र रुपमा संक्रमण फैलने भएकाले संक्रमितको संख्या बढिरहेको छ । त्यसैगरी आइतबार ६४६२ जना कोभिड संक्रमित थपिएका छन् । १७ हजार ४३७ जनाको कोभिड परीक्षण गरिएको थियो । एक हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।


चार जनाको मृत्यु भएको छ । त्यसैगरी देशभर सक्रिय संक्रमित ७७ हजार ४० जना छन् । २४ घण्टामा ४९ हजार ४७३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । 


Author

थप समाचार
x