प्रमुख समाचार

युवा संघद्वारा प्रधानमन्त्री देउवा र भौतिक पूर्वाधार मन्त्री यादवको पुतला दहन

इकागज |
माघ ९, २०७८ आइतबार १८:४४ बजे

जनकपुरधाम - नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको मधेस प्रदेश कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तको माग गर्दै जनकपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ । 

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न संघीय सरकारले ढिलाइ गरेको र पदमा आसीन रहेका मन्त्रीले म्याद विपरीत हिंसात्मक अभिव्यक्ति दिए पनि सरकारले उनलाई बर्खास्त नगरेको भन्दै आइतबार उनीहरूको पुतला दहन गरेको हो ।


युवा संघ स्थानीय रेल्वे स्टेसनबाट दबाब र्‍याली निकाल्दै भानु चोक, शिव चोक हुँदै जनक चोकमा कोण सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागी युवाहरूले नरसंहारवादी मुर्दावाद, रेणु यादवलाई बर्खास्त गर, हत्यारा सरकार चाहिँदैन, स्थानीय तहको निर्वाचनको मिति घोषणा गरलगायत नारा लगाएका थिए ।

युवा संघका मधेस प्रदेश अध्यक्ष ईद मोहम्मद साफी जानी खान मधेसीले आगामी निर्वाचनमा एमाले दुई तिहाइ बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए । उनले हिंसात्मक अभिव्यक्ति दिने मन्त्रीलाई कारबाही नगर्ने प्रधानमन्त्रीले समेत राजीनामा दिनुपर्ने बताए ।


Author

थप समाचार
x