प्रमुख समाचार

यी ५ भाइ, जसले १२ वर्षीय बालकको हत्या गरे

इकागज |
माघ १०, २०७८ सोमबार १८:५१ बजे

पर्सा– एक १२ वर्षीय बालकको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेका छन् । पुस १९ गते पर्सास्थित जगरनाथपुर गाउँपालिका–६ का मन्टुप्रसाद कुर्मीको हत्या आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार पक्राउ पर्नेमा सोही गाउँका गोवारी राउत अहिर, नग राउत अहिर, शत्रुधनप्रसाद यादव, मनमोहनप्रसाद यादव र रोहनप्रसाद यादव रहेका छन् । १९ पुसमा करिब ४ बजे कुर्मीको घाँटी थिचेर हत्या गरी ऊखु बारीमा फालेको अवस्थामा शव फेला परेको थियो ।


घटनाको अनुसन्धान क्रममा पीडितबाट प्राप्त किटानी जाहेरी दरखास्त तथा हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले भिष्वास्थित नेपाल भारत सीमाबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूलाई अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Author

थप समाचार
x