प्रमुख समाचार

राष्ट्रिय सभा निर्वाचन

प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा भाग नलिन राप्रपाको ह्वीप

इकागज |
माघ ११, २०७८ मंगलबार १४:१ बजे

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नं १ माबाहेक अन्य प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनको मतदान प्रक्रियामा भाग नलिन ह्वीप जारी गरेको छ ।पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज (मंगलबार) बसेको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी हुन निर्देशन दिँदै अन्य प्रदेशमा भने सहभागी नहुन भनेको हो । राप्रपाले प्रदेश १ बाहेक अन्यत्र आफ्नो पार्टीको उम्मेदवार नभएकोले मतदान नगर्न भनेको हो ।  



Author

थप समाचार
x