प्रमुख समाचार

ओलीले आफ्‍नो कुर्सी बचाउन प्रतिनिधि सभाको हत्या गरे : राजेन्द्र महतो

सुभाष कर्ण |
पुस २५, २०७७ शनिबार १७:१३ बजे

जनकपुरधाम : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्‍नो कुर्सी बचाउन संविधानको हत्या गरेको बताएका छन् । महतोले संघीयतालाई धरापमा पार्न संविधानलाई अकालमा मृत्युमा धकेलेको आरोप लगाए ।

जनकपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारण सभामा शनिबार नेता महतोले यस्तो बताएका हुन् । 'मधेशीको रगतबाट बनेको वर्तमान संविधानबाट स्थापित हुन गइरहेको संघीयतालाई पार्टीको आन्तरिक विवादमा समाप्त पार्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्,'  महतोले भने, 'एक त संविधान पहिलादेखि नै रक्तरंजित थियो, हामी स्वीकार्य नभएपनि संघीयता संस्थागत गर्न अपुरो भएपनि संधशोधनबाट पुर्ण बनाउने आशमा हामीले स्वीकार गरेका थियौं । तर ओलीले त्यसलाई पनि समाप्त पारेर मुलुकलाई दशकैं पछाडि धकेल्ने काम गरे ।'


महतोले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकारी कार्य यसअघि पनि राजा महराजादेखि तत्कालिन एमाले, नेपाली कांग्रेसले सत्ता शासन टिकाउन कयौं पटक गरिसकेको बताए । तर ओलीको यो प्रतिगमन पहिलाको प्रतिगमनभन्दा कयौं गुणा ठूलै प्रतिगमन भएको महतोको आरोप छ । 

रक्तरञ्जित संविधानलााई टेकेर बनेको जनप्रतिनिधिहरूको सर्वोच्च संस्था प्रतिनिधि सभालाई औलीले आफ्नो कुर्सी बचाउन अकालमा मृत घोषणा गरिदिएको बताए । 

महतोले प्रधानमन्त्री ओलीलाई जनताको अधिकार खोस्‍न, प्रतिगमन गर्नबाट फूर्सद नभएको बताए । 

एक अर्को प्रसंगमा नेता महतोले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामलाई स्थानी राजधानी बनाएर छाड्ने प्रतिबद्धता जनाए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x