प्रमुख समाचार

कतारका राजदूत भारद्वाजले लगाए कोभिड-१९ विरुध्द फाइजर खोप

इकागज |
पुस २८, २०७७ मंगलबार १८:२७ बजे

काठमाडौँ : कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कोभिड-१९ विरुध्दको खोप लगाएका छन् । उनलाई कतार सरकारले खोप निशुल्क उपलब्ध गराएको हो । उनी ६५ वर्षे उमेर समूहबाट खोप लगाउने विदेशी नागरिकमा परेका हुन् ।

कतारले प्राथकिताको आधार छुट्याएर खोप लगाउँदै आएको छ । कतारले सबैभन्दा पहिले स्वास्थ्यकर्मी, सुरक्षा निकायका अधिकारीहरू सिपाही लगायत (फ्रन्टलाइनरहरू) लाई लगाएपछि ७० वर्ष उमेर भन्दा माथिकाको पालो आएको थियो । त्यसपछि ६८ वर्ष र अहिले  ६५ वर्ष उमेर समूहमा खोप लगाउने क्रममा आफू परेको भारद्वाजले बताए ।


तीन दिन अघि अमेरिकी खोप फाइजर लगाएका राजदूत भारद्वाजले भने, ‘अन्य सुई लगाए झै सामान्य (चिरिक्क) दुख्यो । त्यसको भोलिपल्ट हल्का सुन्निए झै भयो । सुई लगाएको स्थानमा फोका झै भयो । तर, अहिले ठीक छ । सामान्य नै रहेको उनले बताए । खोप लगाउँदा आत्मविश्‍वास बढ्ने मात्र होइन कतै हिडडुल गर्दा सुरक्षीत अनुभव हुनेछ ।

यहाँ मैले मात्र होइन सबै नेपालीले खोप लगाउन पाउनेछन् । कतारको कुल जनसंख्याको साढे १२ प्रतिशत त नेपाली नै छन् । त्यसैले पनि चरणवध्द सबैलाई त्यो खोप दिइने छ । साउदीका राजदूत प्रा. डा. महेन्द्र पी सिँहलाई पनि खोपका लागि साउदी सरकारले आग्रह गरेका छन् । उनले पनि खोप लगाउने तर नेपालीहरूको प्रक्रिया अघि बढेपछि लगाउन पाएन खुशी हुने बताएको जानकारी दिए । प्राथमिकता तय गरेकाले आफ्नो पालो आएको र लगाउने पनि उनले बताए ।


Author

थप समाचार
x