मन्त्री घनश्याम भुसाल उपस्थित कार्यक्रममै भिडभाड
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसाल ।
जनकपुरधाम : कोभिड-१९ महामारीको खतरालाई बेवास्ता गर्दै संघदेखि प्रदेशसम्मका राजनीतिक नेताहरुले भिडभाड जम्मा गर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण हो-धनुषामा आयोजित कार्यक्रम ।
बुधबार कृषि तथा पशुपन्क्षीमन्त्री घनश्याम भुसाल उपस्थित कार्यक्रममा हजारौंको भिड जम्मा भएको छ । कमला नगरपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै उनले भिड जम्मा गरेका छन् ।
सिँचाई सम्भाव्यता अध्ययनका लागि धनुषाको कमला नदी अनुगमनमा आएका मन्त्री भुसालले आम जनताको स्वास्थ्यलाई बेवास्ता गर्दै हजारौंको भिड जम्मा गरेर भाषण दिएका थिए । उक्त कार्यक्रममा उपस्थित अतिथी र कार्यकर्ताले मुखमा मास्क लगाएका थिएनन् । संघीय र मन्त्री उपस्थित उक्त कार्यक्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पनि अपनाएको थिएन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया