प्रमुख समाचार

तीन देशका लागि राजदूत नियुक्त

इकागज |
कात्तिक ७, २०७७ शुक्रबार ६:५२ बजे

क्रमश: राजभण्डारी, अधिकारी र खड्का

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा बिहीबार बेल्जिअम (ईयू)का लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्का आवासीय  नेपाली राजदूत नियुक्त भएका हुन्।

संसदीय सुनुवाई भएर खड्कार अधिकारीको तीन साताअघि नै सहमति (अग्रिमा )आएको थियो । तर, नियुक्ति हुन सकेको थिएन। बेल्जिअमको आएपछि तीनजनाको एकै पटक नियुक्ति भएको हो । उनीहरू तिनै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।


सरकारले, अमेरिका, बेलायत र दक्षिण अफ्रिकामा पनि राजदूत सिफारिस गरिसकेको छ ।  उक्त सिफारिस संसदिय सुनुवाईको क्रममा रहेको छ। श्रीलंका, दक्षिण कोरियामा भने अझै पनि सरकारले राजदूत सिफारिस गर्न सकेको छैन । 


Author

थप समाचार
x