प्रमुख समाचार

इन्फ्रास्ट्रक्चरको आइपीओ भोलि बाँडफाँट : ५० कित्तासम्म सबैले पाउने, ६० कित्ताका लागि ‘लक्की ड्र' हुने

इकागज |
माघ १५, २०७७ बिहीबार ८:३८ बजे

काठमाडौँ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) ५० कित्तासम्म आवेदन भर्ने सबैले पाउने भएका छन् । कम्पनीले बुधबार गरेको आईपीओको प्रि-अलोटमेन्टमा १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य रहेको उल्लेख छ ।

कुल आवेदकमध्ये ६ हजार २ सय ७६ जनाको आवेदन भने रितपूर्वक नभएको भन्दै रद्द भएको छ । १० देखि ५० कित्तासम्म आईपीओ माग गर्नेले माग बमोजिमनै सेयर पाउने जानकारी दिएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको सेयर भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकहरूमा गोलाप्रथाद्वारा बाँडफाँट गरिनेछ । आइपीओ बाँडफाँट शुक्रबार विहान १० बजे हुनेछ ।


कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।


Author

थप समाचार
x