दाहाल-नेपाल समूहको आज आम हड्ताल, सुरक्षा व्यवस्था कडा
फाइल फोटो
काठमाडौँ : नेकपाको पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले आज नेपाल बन्दको आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बिहीबार नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षका कार्यक्रम गरिरहेको दाहाल-नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गरेरै नेपाल बन्दको घोषणा गरेको हो ।
बन्दका कारण सबैभन्दा ठूलो मारमा विद्यार्थी र मजदुर परेका छन् । परीक्षा भएका कारणले बन्दले हिडेर परीक्षा केन्द्रसम्म पुग्न समस्या छ । दाहाल-नेपाल समूहका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले परिचय पत्रका आधारमा परीक्षा दिन हिडेका विद्यार्थीलाई हिड्न दिने बताएका छन् ।
दाहाल-नेपाल समूहले नेपाल बन्दको आह्वान गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ । गृह मन्त्रालयले भने बन्द नगर्न आग्रह गरेको छ । तर दाहाल-नेपाल समूहले कमाण्डर नै तोकेर बन्द प्रभावकारी बनाउने जनाएको छ ।
यो पनि पढ्नुहोस :
आम हड्ताल गर्न दाहाल-नेपाल समूहले तोक्यो कमाण्डर (सूचीसहित)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया